सिभिल लघुवित्तले ३.६८ % लाभांश दिने, बोनस कति ?



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

संस्थाले सेयरधनीहरुलाई ३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
संस्थाका अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरूलाई हकप्रदपछि कायम रहेको चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस र ०.१८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारण सभाले पारित गरेपनि सेयरधनीहरुले पाउने छन् ।


क्लिकमान्डु