बैकिङ, बीमा समूहले ल्यायो सेयर बजारमा सुधार
काठमाडौं । सेयर बजारमा सामान्य सुधार आँउदा पनि नयाँ रेकर्ड कायम राख्न भने पछि परेको छैन । नेप्से मापन गर्ने सूचक ३.७० अंकले बढ्दा परिसूचक २२३९.४२ बिन्नुमा रोकिएको छ ।
यो दिनको कारोबारमा बैंकिङ समूहको उपसूचकमा आएको सुधारले बजार बढन सहयोग गरेको देखिएको छ ।
यो अहिलेसम्मको सबैभन्दा बढी बिन्दु हो । कारोबार सुरु भएको केही समयमा इन्डेक्स २२७०.६५ बिन्दुमा पुगेको थियो । त्यसपछि ओरालो लाग्न लागेको बजार अन्तिम समयमा आएर केही सुधार आएको छ ।
२०८ कम्पनी १ करोड ३५ ६० हजार ६८३ कित्ता सेयर ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९३ रुपैयाँको सेयर किनबेच भएको छ ।
बैंकिङ समूहको २.८७, विकास बैंक २८.५९, निर्जीबन बीमा १७६.९३, जीवन बीमा समूहको उपसूचक १६१.२९ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा शिद्धार्थ बैंक अग्रस्थानमा रहेको छ । बैंकको ४२ करोड ६२ लाख १२ हजार ८१९ रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा प्रभु बैंक र एनएमबी बैंक रहेका छन् ।
कारोबारमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ ।