आइपीओको आकर्षणले सेयर बजारमा प्रवेश गर्ने बढे, करिब १५ लाखले खोले मेरो सेयरको खाता



काठमाडौं । अहिलेसम्म १४ लाख ८० हजार ३५ जनाले मेरो सेयर खाता खोलेको छन् । सीडीएससीका अनुसार विगत १० महिना यता मात्रै मेरो सेयर खाता खोल्नेको संख्या मात्रै ८ लाख २३ हजार ८१५ जनाले मेरो सेयर खोलेका छन् ।

सीडीएससीका अनुसार चैतभन्दा अगाडि ६ लाख ५६ हजार २२० जनाले मात्रै मेरो सेयरमा खाता खोलेको थिए । त्यो बेला लगानीकर्ताहरु सेयर आवेदन दिँदा अनलाइनबाट भन्दा बैंकमा जान रुचाउने गरेका थिए ।

कोरोनाका कारण जब चेत ११ गतेबाट लकडाउन शुरु भयो त्यसपछि लगानीकर्ताहरुले घरबाट नै सेयर कारोबार गर्नको लागि भन्दै मेरो सेयर लिन थालेको देखिएको छ ।

सीडीएससीका अनुसार चैत महिना यता ८ लाख २३ हजार ८१५ जनाले मेरो सेयर खाता खोलेका छन् । सीडीएससीका अनुसार चैत महिनामा १७ हजार ४०६, वैशाख महिनामा सबैभन्दा कम ७९८ जनाले मात्रै मेरो सेयर खोलेका थिए ।

त्यसपछि क्रमशः जेठमा २ हजार १०३, असारमा ८२ हजार ९१९, साउनमा ९५ हजार ९१४, भदौमा ९५ हजार १२, असोजमा १ लाख ९९ हजार ५४२, कात्तिकमा ७३ हजार ९४२, मंसिरमा १ लाख २६ हजार २२० र पुस महिनामा मात्रै १ लाख २९ हजार ९५९ जनाले मेरो सेयर खोलेका छन् ।

कोरोनाका कारण लकडाउन भयो । लकडाउनको समयमा बैंक तथा वित्तीय संस्था नखुलेको र सेयर कारोबार अनलाइनबाट नै हुन थालेपछि लगानीकर्ताहरुले बढी मेरो सेयर प्रयोग गर्न थालेका छन् ।

लगानीकर्ताहरुले अनलाइनबाट नै सेयरमा आवेदन दिन पाएपछि मेरो सेयर प्रयोग कर्ता बढेका छन् । पछिल्लो समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन प्रणालीलाई क्रमैसँग मजबुद बनाउँदै लगेको छ ।

पहिलाको जस्तो बैंकमा गएर लाइन लागेर फर्म भनुर्् पर्ने, सेयर नपरेको खण्डमा चेक लिन लाइन लाग्नुपर्ने बाध्यता न्यून भएको छ । अहिले अनलाइन सेवा सुरु भएपछि जनुसुकै ठाँउमा बसेर पनि सेयरमा आवेदन दिन सकिने छ ।

यसले गर्दा लगानीकर्ताको समयको पनि बचत हुने गरेको छ । त्यसैले पनि अहिले लगानीकर्ता मेरो सेयरमा धेरै नै आकर्षित देखिएको छ । मेरो सेयरबाट साधारण सेयर (आईपीओ) मात्रै भएर सबै खाले सेयरमा आवेदन दिन पाइने छ । मेरो सेयरबाट अन्य खालका सूचना, आफ्नो पोर्टफोलियो समेत थाहा पाउन सकिने भएको कारण पनि मेरो सेयरमा आकर्षण बढेको देखिएको छ ।

पछिल्लो समयमा धेरै राम्रा कम्पनीको साधारणसेयर आउनेक्रम बढेको छ । पछिल्लो समयमा राम्रा राम्रा कम्पनीको आईपीओ आउने क्रम बढेको छ । त्यसमा पनि माग भन्दा बढी आवेदन पर्ने गरेका कारण अधिकांश लगानीकर्ताले १० कित्ताको लागि एक हजार रुपैयाँको मात्रै आवेदन दिने गरेका छन् ।

थोरै लगानी गरेर राम्रो प्रतिफल पाउने, थोरै थोरै पैसा हुनेले पनि लगानी गर्ने ठाँउ भएको कारण सेयर बजार प्रति आकर्षण बढेको छ भने मेरो सेयर लिनेको क्रम पनि धेरै नै बढेको छ ।


क्लिकमान्डु