सेयर बजारमा उछाल, निरन्तर नयाँ रेकर्ड बनाउँदै



काठमाडौं । केही समययता दैैनिक रुपमा आफ्नो रेकर्ड आफै ब्रेक गर्दैै आएको सेयर बजारले यो साताको पहिलो दिन आईतबार पनि रेकर्ड राखेको छ ।

नेप्से मापन गर्ने सूचक ४१.२४ अंकले बढेर २२३५.३५ बिन्दुमा रोकिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा उच्च बिन्नु हो ।

२०७ कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता सेयर ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँको सेयर किनबेच भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.२१ अंकले बढेर ४२८.४३ बिन्दुमा पुगेको छ ।

कारोबारमा बैैंकिङ समूहको ५९.६१, विकास बैंक ८८.४५, निर्जीन बीमा ३९.०८, उत्पादन तथा प्रशोधन २५.९७, माइक्रोफाइनान्स २१.८ अंकले बढेर जीवन बीमा समूहको उपसूचक १७.१६ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । प्रभुको ४० करोड २९ लाख ९१ हजार ९८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा कुमारी बैंक र नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।


क्लिकमान्डु