नेरुडे लघुवित्तले ८.४२ % लाभांश दिने



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७६-०७७ को मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत लिएर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु