चन्द्रागिरीको आईपीओमा पहिलो दिनै माग भन्दा बढी आवेदन



काठमाडौं । चन्द्रागिरी हिल्सको साधारण सेयर (आइपीओ)मा माग भन्दा बढी आवेदन परेको छ ।

उक्त आईपीओमा ४९ लाख ६३ हजार ४५० कित्ताको लागि आवेदन परेको छ । शुक्रबार नै २ लाख ४० हजार १५० जना आवेदकले ४९ करोड ६२ लाख ४५ हजार रुपैयाँको आवेदन दिएको सिडिएससीले जनाएको छ ।

आवेदकले पुस २८ गतेसम्म प्रति कित्ता एक सय रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।

हिल्सले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको छ ।

उक्त आईपीओमा ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु