बजारपुँजिकरण साढे २९ अर्बमा, नबिल बैंकलाई उछिन्दै पुनर्बीमा कम्पनी अगाडि
काठमाडौं । सेयर बजारमा उछाल आएसँगै कम्पनीको बजारपुँजिकरणमा पनि सुधार देखिएको छ । बिहीबारसम्म सूचीकृत कम्पनीको बजारपुँजिकरण २९ खर्ब ५५ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
यो साताको सेयर कारोबारमा बजारपुँजिकरणतर्फ शीर्ष १० को १ नम्बरमा नेपाल दुरसञ्चार कम्पनी देखिएको छ ।
जारपुँजिकरणमा ५ वटा बैंक छन् । जसमा नबिल बैंक, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट र ग्लोबल आईएमई बैंक छन् ।
गत साता बजारपुँजिकरणमा दोस्रो नम्बरमा रहेको नबिल बैंक एक स्थान तल झरेर तेस्रो नम्बरमा पुगेको छ भने तेस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनी एक स्थान माथि उक्लेर दोस्रो नम्बरमा पुगेको छ ।
यो बजारपुँजिकरणमा रहेका १० वटा कम्पनीमा ६ वटा कम्पनीको पुँजिकरण १ खर्ब रुपैयाँभन्दा बढी छ भने ४ वटा कम्पनीको बजार पुँजिकरण १ खर्ब रुपैयाँभन्दा निकै कम रहेको छ ।
बढी बजारपुँजिकरण हुने १० वटा कम्पनीको १० औं नम्बरमा ग्लोबल आईएमई बैंक छ । पहिलो नम्बरमा रहेको नेपाल दुरसञ्चार कम्पनीको बजारपुँजिकरण १ खर्ब ९० अर्ब २० करोड रुपैयाँ रहेको छ ।
त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको १ खर्ब ५४ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने तेस्रो नम्बरमा रहेको नबिल बैंकको बजारपुँजिकरण १ खर्ब ४७ अर्ब ६ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
गत साता चौथो नम्बरमा रहेको नेपाल लाइफ इन्स्योरेन्स यो साता पनि चौथो नम्बरमा छ । नेपाल लाइफको बजारपुँजिकरण १ खर्ब ३० अर्ब ९७ करोड ३५ लाख रुपैयाँ छ ।
नेपाल लाइफपछि धेरै बजारपुँजिकरण हुने कम्पनीमा एनआईएसी एशिया बैंकको रहेको छ । बैंकको बजारपुँजिकरण १ खर्ब ५ अर्ब ११ लाख रुपैयाँ रहेको छ भने नागरिक लगानी कोषको बजारपुँजिकरण १ खर्ब १ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
कोषपछि नेपाल इन्भेष्टमेन्ट बैंकको बजारपुँजिकरण ७७ अर्ब ६० करोड ८३ लाख रुपैयाँ रहेको छ भने एभरेष्ट बैंकको बजारपुँजिकरण ६९ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै बजारपुँजिकरणको नवौं नम्बरमा रहेको शिवम् सिमेन्टको बजारपुँजिकरण ६९ अर्ब ४७ करोड ६० लाख रुपैयाँ रहेको छ भने १० औं नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको बजारपुँजिकरण ६८ अर्ब १४ करोड २३ लाख रुपैयाँ रहेको छ ।
यो साता नेप्से इन्डेक्स १९.१ अंकले बढेको छ । यो साता नेप्से इन्डेक्स १९.१ अंकले बढेको छ । साताको पहिलो दिन आइतबार २१७५.४ बिन्दुमा रहेको इन्डेक्स बिहीबारसम्म आईपुग्दा २१९१.५ बिन्दुमा रोकिएको छ ।