दैनिक रेकर्ड ब्रेक गर्दै सेयर बजार, इन्डेक्स २२ सय नजिक
काठमाडौं । सेयर बजारले दैनिक रुपमा नयाँ नयाँ उचाइ कायम गर्ने क्रममा रहेको छ ।
बजारले नयाँ उचाई कायम गर्ने क्रममा लगानीकर्ताको २२ सयको मनोवैज्ञानिक बिन्दु छुने क्रममा रहेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से मापन गर्ने सूचक १५.९१ अंकले बढेर २१९४.४८ बिन्दुमा रोकिएको छ ।
बुधबार नेप्से इन्डेक्स २१७८ बिन्दुको उच्च अंकमा रहेको थियो । त्यो बिन्दुलाई पछि पार्दै बिहीबार २१९४ बिन्दुमा पुगेको छ ।
२०८ कम्पनीको १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता सेयर ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २७९ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०८ अंकले बढेर ४२१.२२ बिन्दुमा रोकिएको छ ।
कारोबारमा अन्य समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकी सबैमा सुधार देखिएको छ । बंैंकिङ समूहको १३.०४ जलविद्युत १०.६४, निर्जीबन बीमा १४४.८६, उत्पादन तथा प्रशोधन ११५.८३, माइक्रोफाइनान्स ४६.५३, जीवन बीमा समूहको उपसूचक ३८.८५ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । बैंकको ३१ करोड ७१ लाख ३६ हजार २७ रुपैयाँको सेयर किनबेच भएको छ ।