सामाजिक सञ्जालमा सेयर बजारको भ्रम फैलाउनेलाई कारबाही गर्न ब्रोकरको माग



काठमाडौं । स्टक ब्रोकर एसोशिएसन अफ नेपालले पुँजी बजारका विषयमा सामाजिक सञ्जालमा भ्रम फैलाउनेलाई कारबाही गर्न अर्थ मन्त्रालय र धितोपत्र बोर्ड र नेप्सेलाई आग्रह गरेको छ ।

एसोसिएसनले विज्ञप्ति जारी गर्दै काल्पनिक र परिचय नखुल्ने नाम, बेनामि, फर्जीनाम वा असम्बन्धित नामबाट सामाजिक सञ्जालमा धितोपत्र बजारका विभिन्न निकाय पक्षका संस्था, पदाधिकारी वा व्यक्ति विशेषको ना नै तोकेर आनावश्यक हल्ला भएको भन्दै त्यसलाई रोक्न माग गरेको छ ।

त्यस्ता व्यक्तिले कम्पनीको बारेमा अनावश्यक हल्ला फैलाउने लगानीकर्तामा लगानीको तथ्य र सूचनालाई गलत तरिकाले प्रकाशन, प्रशारण गरी साधारण लगानीकर्तालाई भ्रम सिर्जना गरेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । यस्ता कामलाई रोक्न साइबर क्राइम ऐन २०६३ लागु भएको भन्दै कसैले त्यस्तो काम गरेको थाहा पाएमा प्रहरीलाई उजुरी दिन आग्रह गरिएको छ ।

नक्कली नामहरुबाट संस्था तोकेर गाली गर्दा संस्थाको गरिमा र संवेदनशिलतामा आँच आउने कार्य बन्द गरी सबैमा जनचेतना फैलाउन समेत आग्रह गरेको छ ।


क्लिकमान्डु