ज्योती विकास बैंकले संस्थापक सेयर घटाउँदै
काठमाडौं । ज्योती विकास बैंकले आफ्नो १३औं वार्षिक साधारणसभा माघ १४ गते बोलाएको छ । बैंकले साधारणसभामा संस्थापक समूहतर्फको ५४.३५ प्रतिशत सेयर घटाएर ५१ प्रतिशत कायम गर्ने प्रस्ताव गरेको छ ।
संस्थापक सेयर ३.३५ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गरी साधारणसभाबाट स्वीकृत गर्ने बैंकले जनाएको छ ।
साथै बैंकले मर्जर तथा प्राप्तीको ढोका खुल्ला गरी सोको अख्तियारी सञ्चालक समितिलाई दिने उल्लेख गरेको छ ।
बैंकले गत बर्षको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर साधारणसभामा पारित गरी वितरण गर्नेछ । लाभांश र साधारणसभा प्रयोजनका लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म सेयर दाखिला बन्द गर्ने जनाएको छ ।
साथै, सभाबाट संस्थापक सेयरधनीबाट ३ जना सञ्चालक र सर्व साधारणको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने उल्लेख गरेको छ ।