सेयर बजारमा रेकर्ड ब्रेक हुँदा बजारपुँजिकरणमा सुधार, यी हुन टप टेन कम्पनी



काठमाडौं । सेयर बजारमा उछाल आएसँगै कम्पनीको बजारपुँजिकरणमा पनि धेरै नैै सुधार देखिएको छ ।

बिहीबारसम्म सूचीकृत कम्पनीको बजारपुँजिकरण २८ खर्ब ८ अर्ब ७४ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

यो साता सेयर बजारमा सेयर बजार ८८.५६ अंकले बढेको छ । आइतबार १९९८.७२ बिन्दुमा रहेको नेप्से इन्डेक्स क्रमिकरुपले सुधार हुँदै गएर बिहीबारसम्म आइपुग्दा २०८७.२८ बिन्दुमा रोकिएको छ ।

यो साताको सेयर कारोबारमा बजारपुँजिकरणतर्फ शीर्ष १० को १ नम्बरमा नेपाल दुरसञ्चार कम्पनी देखिएको छ ।

बजारपुँजिकरणमा ५ वटा बैंक छन् । जसमा नबिल बैंक, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट र ग्लोबल आईएमई बैंक रहेका छन् । बजारपुँजिकरणको दोस्रो नम्बरमा नबिल बैंक छ ।

बढी बजारपुँजिकरण हुने १० वटा कम्पनीको १० औं नम्बरमा ग्लोबल आईएमई बैंक रहेको छ । नेपाल दुरसञ्चार कम्पनीको बजारपुँजिकरण १ खर्ब ८१ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै दोस्रो स्थानमा नबिल बैंक छ । बैंकको बजारपुँजिकरण १ खर्ब ४८ अर्ब २८ करोड १७ लाख ४० हजार रुपैयाँ छ ।

यस्तै तेस्रो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी छ । यसअघि कुनै साता नबिल बैंक त कुनै साता पुनर्बीमा कम्पनी दोस्र्रो र तेस्रो स्थानमा रहने गरेका छन् ।

यो साता पुनर्बीमा कम्पनी तेस्रो स्थानमा रहेको छ । कम्पनीको बजारपुँजिकरण १ खर्ब ३४ अर्ब ४० करोड रुपैयाँ छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको यो साता बजारपुँजिकरण १ खर्ब २६ अर्ब १३ करोड ६८ लाख ९० हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफपछि बढी बजारपुँजिकरण हुने कम्पनीमा नागरिक लगानी कोष रहेको छ । कोषको बजारपुँजिकरण १ खर्ब २ अर्ब ८९ करोड ७६ लाख ३० हजार रुपैयाँ रहेको छ । यस्तै एनआईएसी एशिया बैंकको पनि बजार पुँजिकरण १ खर्ब भन्दा बढी नै रहेको छ ।

बैंकको बजारपुँजिकरण १ खर्ब १ अर्ब ९९ करोड ४५ लाख ३० हजार रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको बजारपुँजिकरण ७३ अर्ब ९ करोड ७१ लाख ४० हजार रुपैयाँ रहेको छ । एभरेष्ट बैंकको बजारपुँजिकरण ६८ अर्ब ३० करोड ३७ लाख ५० हजार १६५ रुपैयाँ रहेको छ ।

त्यस्तै बजारपुँजिकरणको नवौं नम्बरमा रहेको शिवम् सिमेन्टको बजारपुँजिकरण ६७ अर्ब ८० करोड ४ लाख रुपैयाँ रहेको छ भने १०औं नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको ६६ अर्ब ८४ करोड ४४ लाख ३० हजार रुपैयाँ छ ।


क्लिकमान्डु