एनआरएन इन्फ्रास्टक्चर एण्ड भेलपमेन्टले २.८५ % बोनस दिने
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड भेलपमेन्टले सेयरधनीहरुलाई २.८५ प्रतिशत मात्रै बोनस सेयर दिने भएको निर्णय गरेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजीको २.८५ प्रतिशत बोनस र त्यसका लाग्ने कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।