चन्द्रागिरि हिल्सको आइपीओ पुस २४ गतेदेखि निष्काशन हुँदै



काठमाडौं । चन्द्रागिरि हिल्सले पुस २४ गतेदखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

प्रतिकित्ता एक सय रुपैयाँको दरले १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले ६१ हजार ३६४ कित्ता कर्मचारी र सामूहिक कोषका लागि ७६ हजार ७०५ कित्ता बाँडफाँट गरेपछि बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि खुलाएको हो ।

कम्पनीका अनुसार आइपीओ पुस २४ बाट २८ गतेसमम्म सेयरमा आवेदन दिन सकिने छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा माघ १० गतेसम्म आवेदन दिन सकिने छ ।

चन्द्रागिरिको आईपीओमा न्यूनतम १० देखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाइने छ । उक्त सेयरमा धितोपत्र बोर्डबाट सि–आश्वा सदस्यप्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिने सकिने छ भने मेरो सेयर एप्लिकेशनबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु