सेयर बजारले एक महिनामै तोड्यो रेकर्ड, परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा
काठमाडौं । नेपालको पुँजी बजारले एक महिनाको अघिको उच्च अंकको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको छ ।
पछिल्लो समय बुलिस ट्रेन्डमा रहेको सेयर बजारले मंसिर १७ गतेको २०७१.०३ अंकको रेकर्डलाई तोडेर २०८७.२७ बिन्दुको नयाँ रेकर्ड बनाएको छ ।
बिहीबार नेप्से मापन गर्ने सूचक २५.२१ अंकले बढेर परिसूचक २०८७. २७ बिन्दुमा रोकिएको छ । २०७ कम्पनीको १ करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँमा किनबेच भएको छ ।
ठूला कम्पनीको करोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.४० अंकले बढेर ३९८.७० बिन्दुमा रोकिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ३०.५७, टे«डिङ १८७.७३, विकास बैंक १४.३१, जीवन बीमाको उपसूचक १७२.७१ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी रहेको छ ।
डिस्टिलरीको ४६ करोड ८८ लाख १८ हजार ९१७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोष रहेको छ । बजारले नयाँ रेकर्ड राख्दा साल्ट टे«किङको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।