तीन वाणिज्य बैंकसहित ८ कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८ कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेमा एनएमबी बैंकसहित ८ वटा कम्पनीको मूल्य समायोजन भएको हो । बैंकको १३ प्रतिशत बोनस सेयरपछि मूल्य समायोज भएको छ ।

प्रतिकित्ता ३७८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन भएको छ । यही मूल्यलाई आधार मानेर सेयर कारोबार भएको छ । नेप्सेका अनुसार अन्तिम कारोबार मूल्य ४२७ रुपैयाँका आधारमा समायोजन भएको हो ।

यस्तै नेपाल बंगलादेश बैंकको पनि मूल्य समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो । बैंकको प्रतिकित्ता ३३१ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन भएको हो । अन्तिम कारोबार मूल्य ३७१ रुपैयाँका आधारमा मूल्य समायोजन भएको हो ।

सेन्चुरी कमर्शियल बैंकको पनि ५.२५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेका अनुुसार प्रतिकित्ता १९९ रुपैयाँका आधारमा मूल्य समायोजन भएको छ । यसको अन्तिम कारोबार मूल्य २०९ रुपैयाँ रहेको थियो ।

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि १३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । बैंकको प्रतिकित्ता २३५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन भएको छ । अन्तिम कारोबार मूल्य २६६ रुपैयाँको आधारमा मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

साना किसान लघुवित्त वित्तीय संस्थाको पनि २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार प्रतिकित्ता १४१५ रुपैयाँको आधारमा मूल्य समाजोजन भएको छ । अन्तिम कारोबार मूल्य १७६९ रुपैयाँको आधारमा समायोजन भएको छ ।

त्यस्तै साधना लघुवित्त वित्तीय संस्थाको पनि १८ प्रतिशत बोनस सेयर समायोजन भएको छ । प्रतिकित्ता १०३८ रुपैयाँको आधारमा मूल्य समायोजन भएको छ । अन्तिम कारोबार मूल्य १२२५ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

कामना सेवा विकास बैंकको ४.४० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । प्रतिकित्ता २१६ को आधारमा मूल्य समायोजन भएको हो । अन्तिम कारोबार मूल्य २२५ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

बरुण हाईड्रोपावरको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । प्रतिकित्ता १७१ रपैयाँका आधारमा मूल्य समायोजन भएको छ । यसको अन्तिम कारोबार मूल्य १८० रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु