डिप्रोक्स लघुवित्तले नाडेपलाई प्राप्ति गर्ने, नाडेपको सेयर कारोबार रोक्का



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्नको लागि सम्झौता भएको छ ।

डिप्रोक्स लघुवित्तले नाडेपलाई प्राप्ति गर्ने भएपछि नाडेपको सेयर कारोबार आज (१६) गतेदेखि रोक्का भएको छ ।

नाडेपले नेप्सेलाई गराएको जानकारी अनुसार चितवन जिल्ला, भरतपुर महानागरपालिका-१० मा रहेको डिप्रोक्सले धादिङ जिल्ला गजुरी गाँउपालिका-१ मा रहेको नाडेपलाई प्राप्ति गर्नको लागि पुस १५ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

जसले गर्दा नाडेपको सेयर कारोबार आजदेखि रोक्का भएको हो ।


क्लिकमान्डु