नविल बैंकको सेयरमा म्यूचुअल फन्डको ध्यान, कुन कम्पनीको कति लगानी ? (सूचीसहित)



काठमाडौं । म्यूचुअल फण्डहरुले सूचीकृत सेयरमा लगानी गर्दा अधिकांशको ध्यान नविल बैंकमा परेको छ ।

१६ वटा म्यूचुअल फण्डमध्ये धेरैले नविल बैंकको सेयर किनेका छन् । १६ वटा म्यूचुअल फण्डहरुमध्ये ४ वटाले नविलको सेयर किनेका छन् । त्यस्तै नबिल बैंकपछि धेरैको ध्यान नेपाल बैंक र नेशनल लाइफ इन्स्योरेन्सको सेयरमा गएको छ ।

मंसिर महिनामा सनराइज फर्स्ट म्यूचुअल फण्डले नबिल बैंकको ५ करोड १७ लाख १२ हजार ९६० रुपैयाँको सेयर किनेको छ ।

त्यस्तै नविलको सेयरमा एनआईबीएल समृद्धि फण्ड-१ ले पनि लगानी गरेको छ । यसले ७ करोड १० लाख ८५ हजार ८४० रुपैयाँ, सानिमा इक्विटी फण्डले १२ करोड ३१ लाख ३३४ हजार ४८० रुपैयाँ र एनआईसी एसिया ग्रोथ फण्डले पनि ५ करोड २४ लाख ९६ हजार ६४० रुपैयाँ सेयरमा लगानी गरेको छ ।

नबिल बैंकजस्तै नेपाल बैंकको सेयरमा पनि म्यूचुअल फण्डले लगानी गरेका छन् । नेपाल बैंकको सेयरमा नबिल ब्यालेन्स फण्ड-२ ले ५ करोड ३० लाख ८६ हजार १८५ रुपैयाँ, सिद्धार्थ इक्विटी फण्डले ८ करोड ३६ लाख १४ हजार ७५५ रुपैयाँ र एनआईसी एशिया ब्यालेन्स फण्डले ४ करोड ४२ लाख ९४ हजार ८४० रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको सेयरमा पनि लक्ष्मी इक्विटी फण्डले ८ करोड ८५ लाख ४१ हजार १४५ रुपैयाँ, नबिल इक्विटी फण्डले पनि इन्स्योरेन्समा ६ करोड १२ हजार ६१२ रुपैयाँ लगानी गरेको छ ।

म्यूचुअल फण्डहरुले बैंक इन्स्योरेन्स मात्रै नभएर नेपाल दुरसञ्चार कम्पनी, वाणिज्य बैंकको ऋणपत्र, लघुवित्त वित्तीय संस्थामा पनि लगानी गरेका छन् ।

म्यूचुअल फण्डहरुले कुनै पनि सूचीकृत संस्थामा लगानी गर्दा कम्पनीको बारेमा अध्ययन गरेर लगानी गर्ने गर्दछन । जसले गर्दा म्यूचुअल फण्डहरुले लगानी गरेको कम्पनीलाई लगानीकर्ताले पनि विश्वास गरेका छन् ।


क्लिकमान्डु