नबिल बैंकसहित ११ कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा धमाधम सूचिकृच संस्थाको सेयर मूल्य समायोजन हुन थालेको छ ।
नेप्सेमा नबिल बैंकसहित विभिन्न ११ वटा कम्पनीको मूल्य समायोजन भएको छ । नबिल बैंकको ३३.५० प्रतिशत बोनस सेयरपछि मूल्य समायोज भएको छ ।
प्रतिकित्ता १०३८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन भएको छ । यही मूल्यलाई आधार मानेर सेयर कारोबार भएको छ । नेप्सेका अनुसार अन्तिम कारोबार मूल्य १३८६ रुपैयाँका आधारमा समायोजन भएको हो ।
यस्तै छिमेक लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको छ । प्रतिकित्ता ११३५ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन भएको हो । यही मूल्यलाई आधार मानेर सेयर कारोबार भएको छ । नेप्सेले अन्तिम कारोबार मूल्य १३८५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको जनाएको छ ।
नेपाल एसबीआई बैंकको पनि ६ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । बोनसपछि प्रतिकित्ता ३८५ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन भएको छ । सोही आधारमा दोस्रो बजारमा सेयर कारोबार भएको छ । नेप्सेका अनुसार अन्तिम कारोबार मूल्य ४०८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो ।
नेप्सेका अनुसार मञ्जुश्री फाइनान्सको सेयर मूल्य पनि समायोजन भएको छ । १८ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । बोनसपछि प्रतिकित्ता ३२१ रुपैयाँ कायम हुने गरी मूल्य सामायोजन भएको छ । अन्तिम कारोबार मूल्य ३७९ रुपैयाँलाई आधार मोनर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।
यस्तै ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । २७.४७ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । बोनसपछि प्रतिकित्ता १३५९ रुपैयाँ कायम हुने गरी मूल्य सामायोजन भएको छ । अन्तिम कारोबार मूल्य १७३२ रुपैयाँलाई आधार मोनर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । ७.३७ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । बोनसपछि प्रतिकित्ता १८६ रुपैयाँ कायम हुने गरी मूल्य सामायोजन भएको छ । अन्तिम कारोबार मूल्य २०० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।
कृषि विकास बैंकको पनि १५ प्रतिशत बोनस सेयर समायोजन भएको छ । बोनसपछि प्रतिकित्ता ४२४ रुपैयाँ कायम हुने गरी मूल्य सामायोजन भएको छ । अन्तिम कारोबार मूल्य ४८८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।
यस्तै ग्लोबल आईएमई बैंकको पनि १४ प्रतिशत बोनस सेयर समायोजन भएको छ । बोनसपछि प्रतिकित्ता ३०७ रुपैयाँ कायम हुने गरी मूल्य सामायोजन भएको छ । अन्तिम कारोबार मूल्य ३५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।
यता नाग्दी ग्रुप पावरको १० प्रतिशत बोनस सेयर समायोजन भएको छ । बोनसपछि प्रतिकित्ता २१८ रुपैयाँ कायम हुने गरी मूल्य सामायोजन भएको छ । अन्तिम कारोबार मूल्य २४० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।
यस्तै ग्लोबल आईएमई बैंकको पनि १४ प्रतिशत बोनस सेयर समायोजन भएको छ । बोनसपछि प्रतिकित्ता ३०७ रुपैयाँ कायम हुने गरी मूल्य सामायोजन भएको छ । अन्तिम कारोबार मूल्य ३५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।
वोमी लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत बोनस सेयर समायोजन भएको छ । बोनसपछि प्रतिकित्ता ७०३ रुपैयाँ कायम हुने गरी मूल्य सामायोजन भएको छ । अन्तिम कारोबार मूल्य ९१४ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।
यस्तै स्पर्श लघुवित्त वित्तीय संस्थाको पनि १९.५० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । बोनसपछि प्रतिकित्ता ८१३ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन भएको छ । अन्तिम कारोबार मूल्य ९७२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।