सेयर बजारमा सामान्य सुधारहुँदा कसले कमाए, गुमाए ?



काठमाडौं । सेयर बजारमा सान्य सुधार देखिएको छ । कारोबारको सुरुमा केही सुधार भएपनि त्यसपछि ओरालो लागेको बजारमा गिरावट भएपनि अन्तिम समयमा ५.५७ अंकले बढेर २०१२.८९ बिन्दुमा रोकिएको छ ।

२०९ कम्पनीको ८० लाख १ हजार ३१४ कित्ता सेयर ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा निर्जीबन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार आएको छ । बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । नबिल बैंकको ५३ करोड १ लाख ७७ हजार ९९० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट र ग्लोबल आईएमई बैंक रहेको छ । नागरिक लगानी कोषको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

नारायणी डेभलपमेन्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्स, शिवम सिमेन्ट, हिमालयन डिस्ट्रिलरीका लगानीकर्ताले कमाउँदा मल्टी प्रपोज फाइनान्स, सेन्ट्रल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु