सेन्ट्रल फाइनान्सले १० % लाभांश दिने



काठमाडौं । सेन्ट्रल फाइनान्सले सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

फाइनान्सले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ७ प्रतिशत बोनस र ३ प्रतिशत नगदसहित १० प्रतिशत लाभांश दिने भएको हो ।

फाइनान्सको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु