कमिशन तत्काल पुनरावलोकन गर्न बोर्डलाई ब्रोकरको दबाब, ढुंगाना भन्छन्ः पुनर्विचार गर्न सञ्चालक समितिमा लैजान्छु



काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाएलगत्तै ब्रोकरहरुले तत्काल नयाँ कमिशन दर पुनरावलोकन गर्न बोर्डलाई दबाब दिएका छन् । बोर्डमा पुगेका ब्रोकरहरुले ब्रोकर कमिशन पुनरावलोकन गरेर स्थायी हुने बाताबरण बनाउन आग्रह गरेका छन् ।

स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बोर्डका पुगेर अध्यक्ष भिष्मराज ढूगांनालाई भेटी नयाँ कमिशन दरले टिक्न नसकिने र दुई चार दिनको कारोबारलाई हेरेर घटाएको कमिशनले स्थानी हुनेमा कोही पनि ढुक्क नभएको भन्दै दिर्घकालिन हुनेगरी पुनर्बीचार गर्न आग्रह गरेको बताए ।

उनका अनुसार ब्रोकरहरुलाई आम्दानीका अन्य स्रोतको पनि तत्काल व्यवस्था गर्न, व्यवसायीले अहिले भोग्नु परेको वित्तीय जोखिमको व्यवस्थालाई सुधार गर्न जोखिम व्यवस्थापन प्रणाली सुरु गर्न सुझाव दिएको बताए ।

अध्यक्ष मैनालीका अनुसार मार्जिन ट्रेडिङ, इन्भेष्टर एडभाइजरी, पोर्टफोलियो म्यानेजमेन्ट, निक्षेप सदस्य सञ्चाल गर्न पाएको छैन । त्यो पनि पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । अहिलेसम्म मार्जिन टे«डिङ चलायमान नभएको भन्दै त्यसलाई चलायनमान बनाउन बोर्डले तत्काल काम थाल्नु पर्ने उनको तर्क छ ।

कमिशन घटाएर मात्रै नयाँ लगानीकर्ता आकर्षित हुन नसक्ने भन्दै मैनालीले यतिबेला लगानीकर्ताको विश्वास अभिबृद्धि गर्नुपर्ने, किनबेच भएको पैसा सहजै पाउने बाताबरण सुनिश्चित गर्नुपर्ने, बजारलाई गतिशिल बनाउने हो भने इन्ट्राडे टे«डिङ गराउनु पर्ने, सेक्युरिटी ल्यान्डिङ, बरोइङ ल्याउनु पर्ने, संस्थागत लगानीकर्ता ल्याउनु पर्ने, क्षेत्रगत लगानीकर्ताको विविधकरण गर्नुेपर्ने माग राखेका छौं । ‘यी काम चाँडो भन्दा चाडो हुनुपर्छ’ उनले भने ‘कमिशन घटाएर मात्रै लगानीकर्ता आकर्षित गर्ने र बजार गतिशिल बनाउने कुरामा हामी गतिशिल छैनौ, बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन गर्नुपर्ने काम चाँडो गर्न भनेका छौं ।’

ब्रोकरहरुसँगको भेटमा अध्यक्ष ढुंगानाले ब्रोकर कमिशनलाई पुनर्विचार गर्नको लागि सञ्चालक समितिमा लैजाने आश्वासन दिएकाे मैनालीकाे भनाइ छ । अन्य विषयमा बोर्ड, नेप्से र सिडिएससीसँग केही दिनमा नै छलफल गर्ने र समय निर्धारण गरेर काम गर्ने प्रतिबद्धता जनाए ।


क्लिकमान्डु