तीन बैंक र एक माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा धमाधम सूचिकृच संस्थाको सेयर मूल्य समायोजन हुन थालेको छ ।

नेप्सेमा एभरेष्ट बैंकको ५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोज भएको छ । प्रतिकित्ता ६८१ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन भएको छ । यही मूल्यलाई आधार मानेर आइतबारबाट सेयर कारोबार हुने छ । नेप्सेका अनुसार अन्तिम कारोबार मूल्य ७१५ रुपैयाँका आधारमा समायोजन भएको हो ।

यस्तै प्रभु बैंकको १० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको छ । प्रतिकित्ता ३४१ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन भएको हो । आइतबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार हुने छ । नेप्सेले अन्तिम कारोबार मूल्य ३७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको जनाएको छ ।

नेपाल बंगलादेश बैंकको पनि ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ ।
बोनसपछि प्रतिकित्ता २५० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन भएको छ । सोही आधारमा आइतबारबाट दोस्रो बजारमा सेयर कारोबार हुने छ । नेप्सेका अनुसार अन्तिम कारोबार मूल्य २६५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि समायोजन भएको छ । ९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । बोनसपछि प्रतिकित्ता ५८१ रुपैयाँ कायम हुने गरी मूल्य सामायोजन भएको छ । अन्तिम कारोबार मूल्य ६३३ रुपैयाँलाई आधार मोनर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।


क्लिकमान्डु