लगानीकर्ता नाफा बुक गर्न लाग्दा सेयर बजारमा पहिरो
काठमाडौं । सेयर लगानीकर्ताको ध्यान नाफा बुकमा जाँदा सेयर बजारमा पहिरो गएको छ । कारोबारको सुरु देखि नै लगानीकर्ताको ध्यान नाफा बुकमा जाँदा बजारमा गिरावट देखिएको छ ।
नेप्से मापन गर्ने सूचक २९.८३ अंकले घटेर परिसूचक २०३८.६३ बिन्दुमा रोकिएको छ । २०४ कम्पनीको ९८ लाख ६० हजार ५३६ कित्ता सेयर ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ रुपैयाँमा किनबेच भएको छ । यो दिन नेप्से सूचक सँगै कारोबार रकम पनि घटेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले घटेर ३८६.७६ बिन्दुमा रोकिएको छ ।
करोबारमा १० वटा समूहको उपसूचकमा गिरावट आएको छ । टे«डिङ र होटल समूहको उपसूचकमा सुधार आएको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ १७.१६, निर्जीवन बीमा १४२.४९, जीवन बीमा ४३१.८७, माइक्रोफाइनान्स समूहको उपसूचक ३७.९५ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ६१ करोड ४९ लाख ६५ हजार ९४१ रुपैयाँको सेयर किनबेच भएको छ ।