सेयर बजारमा उछाल, १० कम्पनीको कारोबारमा सकारात्मक सर्किट
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । कारोबारको सुरु देखि नै बजारमा आएको उछालसँगै बुलिस टे«न्डमा बजार जान थालेको छ ।
नेप्से मापन गर्ने सूचक ९५.४६ अंकले बढेर परिसूचक २०६१.४१ बिन्दुमा रोकिएको छ । २०५ कम्पनीको १ करोड २७ लाख १७ हजार १४६ कित्ता सेयर ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैयाँमा किनबेच भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १५.१८ अंकले बढेर ३९१.७४ बिन्दुमा रोकिएको छ । काारबोरमा सबै समूहको उपसूचकमा सुधार आएको छ ।
बैंकिङ समूहको उपसूचक ७०.९, विकास बैंक ६६.१७, जलविद्युत ८०.६८, निर्जीबन बीमा ११३.०८, माइक्रोफाइनान्स १०७.०५, जीवन बीमा समूहको उपसूचक ९५०.९५ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा ८६ करोड ३६ लाख ८२ हजार ७७५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया बैंक र तेस्रो स्थानमा प्रभु बैंक रहेको छ ।
१० वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । यस्तै नारायणी डेभलपमेन्ट बैंक, यूनाटेड ईदि मार्दी आरबी हाईड्रोपावरको कारोबारमा नकारात्मक सर्किट लागेको छ ।