राजनीतिक रंगबाट उठ्यो सेयर बजार, नेप्से सूचक ३०.३३ अंकले बढ्यो



काठमाडौं । कारोबारको सुरु देखि भारी गिरावट रहेको सेयर बजार कारोबार सुरु भएको २ घन्टा पनि लयमा फर्किको छ ।

कारोबारको सुरुदेखि नै घटेको बजारले लगानीकर्तालाई निकै त्रसित बनाएको थियो । तर केही समयपछि आएको सुधारले लगानीकर्तामा आशा पलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै आइबार बजारमा भारी गिरावट आएको थियो । त्यसको असर सोमबार भने कम देखिएको छ । बजार मापन गर्ने सूचक ३०.३३ अंकले बढेर १९६५.९६ बिन्दुमा रोकिएको छ ।

२०२ कम्पनीको १ करोड २३ लाख ८२ हजार ४८२ कित्ता सेयर ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३५४ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक ७.०१ अंकले बढेको छ ।

कारोबारमा बैंकिङ २१.०६, विकास बैंक १४.६६, जलविद्युत कम्पनी २५.१४, निर्जीबन बीमा ७५.२५, उत्पादन तथा प्रशोधन १४१.८७, माइक्रोफाइनान्स ३४.५३, जीवन बीमा समूहको उपसूचक २०२.५५ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको ७२ करोड ८८ लाख ६९ हजार ९१० रुपैयाँको सेयर किनबचे भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र एनआईसी एसिया बैंक रहेको छ ।


क्लिकमान्डु