हिमालयन डिष्टिलरीको साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?



काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको २० औं साधारणसभा पुस २९ गते हुने भएको छ ।

उक्त साधारणसभामा कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ । यस्तै साधारणसभामा आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरिक्षक नियुक्त, उसको पारिश्रमीक निर्धारण गर्ने लगायतका प्रस्ताव गरेको छ ।

उक्त साधारणसभामा कम्पनीको जारी पुँजी वृद्धि गर्न स्वीकृत गर्ने प्रस्ताव समेत रहेको छ । साधारणसभाको लागि पुस १७ गते बुक क्लोज हुने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिने र लाभांश पाउने छन् ।

कम्पनीको साधारणसभा कम्पनीको रजिष्ट्रार कार्यालय, विरगञ्ज महानगरपालिका–२१ लिपनी विर्ता, पर्सामा बिहान १० बजेबाट हुने छ ।


क्लिकमान्डु