‘मेरो सेयर’मा लगानीकर्ताको आकर्षणः प्रभुको आईपीओमा ८३.६४ % आवेदन मेरो सेयरबाटै



काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा मेरो सेयरबाटै ९ लाख ५ हजार १७२ वटा आवेदन परेका छन् । यो भनेको कुल आवेदनमा ८३.६४ प्रतिशत हो ।

‘सि-आश्वा’ प्रणाली मार्फत प्रभु लाईफको आईपीओमा अहिलेसम्म कै सर्वारिध धेरै आईपीओ परेको छ ।

सिडिएससीका अनुसार सर्वसाधारणको लागि निष्काशन गरिएकोमा ५४ लाख कित्ता सेयरको लागि १० लाख ८२ हजार २२९ वटा आवेदन मार्फत २ करोड ९३ लाख ६७ हजार २४० कित्ता खरिदको लागि आवेदन परेको छ । उक्त आवेदनमा मेरो सेयरबाट मात्रै ९ लाख ५ हजार १७२ वटा आवेदन परेको सिडिएससीको भनाइ छ ।

सि-आश्वा प्रणाली मार्फत आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाबाट आईपीओ निष्काशन सुरु भएको थियो । पहिलो पटक १ लाख ८६ हजार ३८ वटा आवेदन परेकोमा तीन वर्षको अवधिमा यो संख्या ६ गुणाले बढेको छ ।

मेरो सेयर सफ्टवेयर मार्फत जुनसुकै स्थान, मोबाइल, कम्प्युटरबाट पनि २४ सैं घन्टा आवेदन दिन सक्ने भएको सिडिएससीको भनाइ छ । अहिले मेरो सेयर प्रयोगकर्ता दैनिक बढिरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु