सेयर बजारमा भारी गिरावट आउँदा कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा पहिरो जाँदा विभिन्न १३ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

राजनीतिक अस्थिरताका कारण बजारमा ९६.८८ अंकको गिरावट आउँदा १३ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यो दिनको कारोबारमा कमाउनेमा यूनाइटेड इदिमार्दी आरबी हाईड्रोपावर, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, सनराइज फस्र्ट म्यूचुअल फण्ड, बेस्ट फाइनान्स, हिमालयन डिस्ट्रिलरी, एनआईसी एशिसा बैंक, यूनाइनेड फाइनान्स, नेपाल हाईड्रोपावर डेभलपर्स, प्रभु बैंकको ऋणपत्र, एसबीआई बैंकको ऋणपत्र, सानिमा बैंकको ऋणपत्र, एनसीसी बैंक र बुटवल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यता कारोबारमा तीन वटा कम्पनीको कारोबारमा नकारात्मक सर्किट नै लागेको छ । सुर्योदय लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको कारोबारमा नकारात्मक सर्किट लागेको छ ।

यस्तै छ्याङदी हाईड्रोपावर, माथिल्लो लामाकोशी, फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु