राजनीतिक किचलोको मारमा सेयर बजारमाः सेयर बजारमा राताम्मे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटको सिफारिस गरेको र उक्त सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृतले सेयर बजारलाई निकै तरंगित बनाएको छ ।

आइतबार देखिएको राजनीतिक किचलोको प्रभाव सेयर बजारमा पनि प्रत्यक्ष परेको छ । कारोबारको सुरुदेखि नै निकै दबाबमा रहेको सेयर बजारमा पहिरो नै गएको छ ।

कारोबारमा नेप्से मापन गर्ने सूचक ९६.८८ अंकले घटेर १९३५.६३ अंकले घटेर १९३५.६३ बिन्दुमा रोकिएको छ ।

१९८ कम्पनीको १ करोड ४३ लाख १५ हजार ७९६ कित्ता सेयर ८ अर्ब ९० करोड ४७ लाख २२ हजार ९५४ रुपैयाँको सेयर किनबेच भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १६.३९ अंकले घटेर ३६९.५५ बिन्दुमा रोकिएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ४४.३३, विकास बैंक ८०.९२, जलविद्युत कम्पनी ११०.९२, निर्जीबन बीमा ५२९.९९, उत्पादन तथा प्रशोधन १४०.२४, जीवन बीमा समूहको उपसूचक ६६९.६१ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफको १ अर्ब ७ करोड १९ लाख १३ हजार ९४६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र एनआईसी एसिया बैंक रहेका छन् ।


क्लिकमान्डु