स्वावलम्बन लघुवित्तले २० % लाभांश दिने



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १९ प्रतिशत बोनस र त्यसमा लाग्ने १ प्रतिशत करसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु