संसद विघटनको हल्लाले सेयर बजारमा पहिरो, ६३.११ अंकले घट्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटको सिफारिस गरेको चर्चा सुरु भएसँगै बजारमा पनि त्यसको असर देखिन थालेको बताइएको छ । यो समाचार तयार पार्दासम्म बजार ६३.११ अंकले घटेर १९६९.४१ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.९८ अंकले घटेको छ । १६२ कम्पनीको १४ लाख ८४ हजार ४ सय ४४ कित्ता सेयर १ अर्ब १८ करोड ३१ लाख २८ हजार २७८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा सुधार आएको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।


क्लिकमान्डु