ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको धितोपत्र बोर्डलाई निर्देशन
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार भएको बैठकमा अर्थमन्त्री पौडेलले तत्काल ब्रोकर कमिसन घटाउन निर्देशन दिएका हुन् ।
‘कमिसन घटाउन समय धेरै लिनु आवश्यक छैन, तत्काल कमिसन घटाउने काम गर्नुहोस्,’अर्थमन्त्री पौडेलले भने ।
उनले पूँजी बजारमा देखिएको समस्या समाधान गर्न समेत सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
आवश्यक पर्ने नीति नियम परिवर्तन लगायतका काम समेत छिटो सक्ने अर्थमन्त्री पौडेलले निर्देशन दिएका हुन् ।
बैठकमा मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य लगायतका अधिकारी सहभागी थिए ।