हकप्रद सेयर बिक्री गर्न कोषले बोर्डबाट पायो अनुमति
काठमाडौं । नागरिक लगानी कोषलाई हकप्रद सेयर जारी गर्नको लागि बाटो खुला भएको छ ।
बोर्डले कोषलाई १ः०.८२ अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर जारी गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
यसको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ रहेको छ । हकप्रद सेयर जारी गरेपछि ३ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्ने छ ।