सेयर बजार ६.२० अंकले घट्दा कसले कमाए, कसले गुमाए ?
काठमाडौं । सेयर बजारमा ६.२० अंकले घटदा पनि ७६ कम्पनीको लगानीकर्ताले कमाएका छन् । बुधबारको कारोबारमा कतिपय कम्पनीको कारोबारमा सकारात्मक सर्किट समेत लागेको छ ।
कारोबारमा छ्याङदी हाईड्रोपावर, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, आरएमडिसी लघुवित्त वित्तीय संस्थाका कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै माउन्टेन इनर्जी नेपाल, सूर्योदय लघुवित्त वित्तीय संस्था, एनसीसी बैंक, साधाना लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले कमाएका छन् ।
कारोबारमा एनएमबी ५०, शिखर इन्स्योरेन्स, गुडविल फाइनान्स कम्पनी, चिलिमे हाईड्रोपावर, तारागाउँ रिजेन्सी, सानिमा माई हाईड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, हिमालयन बैंकका लगानीकर्ताले गुमाएका छन् ।