सेयर बजारमा उतार चढाव, अन्तिम समयमा सामान्य गिरावट
काठमाडौं । सेयर बजारमा निकै उतार चढाव देखिएको छ । बुधबार २१ सय नजिक पुगेर फर्किएको बजार २०५५.२२ मा रोकिएको छ ।
कारोबारको सुरुमा जुन उत्साहले बजार बढेको थियो । त्यो उत्साह धेरै समय टिक्न नसक्दा नेप्से मापन गर्ने परिसूचक २०४१.८८ बिन्नुमा पुगेको थियो । त्यसपछि केही सम्हालिएको बजार थोरै माथि उठेको थियो । अन्तिम समयमा बजार मापन गर्ने सूचक ६.२० अंकले घटेको छ ।
११९९ कम्पनीको १ करोड ५ लाख ६८ हजार ३९१ कित्ता सेयर ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा सामान्य गिरावट देखिएको छ ।
कारोबारमा निर्जीबन बीमा, जलविद्युत, जीवन बीमा समूहको उपसूचकमा बढी गिरावट देखिएको छ ।
कारोबार रकमको आधारमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक अग्रस्थानमा रहेको छ । बैंकको ३९ करोड ४३ लाख ९५ हजार ३६२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा इन्स्योरेन्स रहेको छ । यो दिनको कारोबारमा एनसीसी बैंकको लगानीकर्ताको ध्यान गएको देखिएको छ ।