एभरेष्ट बैंकले सेयरधनीलाई ५.५३ प्रतिशत लाभांश दिने



काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई ५.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनश सेयर र ०.५३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गनर्ते घोषणा गरेको हो ।

सोमबार बसेको बैंकको ३२३औ सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश यही पुस २७ गते हुने बैंकको २६आंै वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि पुस १० गतेदेखि पुस २७ गतेसम्म सेयर दाखिला बन्द रहने जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बैंकले वार्षिक साधारणसभा भर्चुअलमाध्यमबाट सम्पन्न गर्ने उल्लेख गरेको छ ।


क्लिकमान्डु