५.२६ % लाभांश दिन लागेको छ्याङदी हाईड्रोले ३० % हकप्रद ल्याउने



काठमाडौं । छ्याङदी हाईड्रोपावर लिमिटेडले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ५ प्रतिशत बोनस र नगद ०.२६ प्रतिशत (करसहित) ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले बोनस वितरण पनि कायम हुने चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको ३० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ ।

हाईड्रोपावरले साधारणसभाको लागि पुस १७ गते शेयर दाखिला खाजेर (बुक क्लोज) गर्ने जनाएको छ । १६ गतेसम्म कायम रहेको शेयरधनीले मात्रै लाभांश पाउने छन् ।


क्लिकमान्डु