सिनर्जी पावरले ५ % लाभांश दिने, तीन आर्थिक वर्षको साधारणसभा एकै दिन



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सिनर्जीले लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगदसहित ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपनि लगानीकर्ताले पाउने छन् ।

कम्पनीले पुस २२ गते एकै पटक तीत आर्थिक वर्षको साधारण सभा पनि गर्ने भएको छ । कम्पनीले एकै पटक आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ को साधारणसभा गर्ने भएको छ ।

जसको लागि कम्पनीले पुस १२ गते देखि साधारण सभा हुने दिन अर्थात २२ गतेसम्म बुक क्लोज हुने छ । ११ गते सम्म कायम रहेका लगानीकर्ताले मात्रै लाभांश पाउने छन् ।


क्लिकमान्डु