बुलिस ट्रेन्डमा सेयर बजार, नेप्से सूचक ५६.७३ अंकले बढ्यो
काठमाडौं । सेयर बजारले यो साता नयाँ गति लिन थालेको छ । गत बिहीबार ८ अंकले घटेर बन्द भएको सेयर बजार आइतबार ४६ अंकले बढेको थियो ।
सोमबार बजारमा उछाल आउँदा नेप्से मापन गर्ने सूचक ५६.७२ अंकले बढेर २०६७.१७ बिन्दुमा रोकिएको छ । २०२ कम्पनीको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले बढेर ३८८.१६ बिन्दुमा रोकिएको छ । कारोबारमा जलविद्युत समूहको उपसूचक २१.१५ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ७४ करोड ३९ लाख ९९ हजार ६६८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बीमा कम्पनी र नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कारोबारमा ११ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
जसमा प्रिमियर लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् । गुमाउनेमा लबर्टी इनर्जी कम्पनी, यूनिलिभर नेपाल, माउन्टेन हाईड्रो, कृषि विकास बैंक लगायत कम्पनीमा लगानीगर्ने लगानीकर्ताले गुमाएका छन् ।