१७ वटा वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । हालसम्म २७ वटा वाणिज्य बैंकमध्ये १७ वटाले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन ।

लाभांश घोषणा गरेका बैंकमध्ये केहीले साधारणसभा नै सकिसकेका छन् । हालसम्म साधारणसभा सम्पन्न गर्ने बैंकहरुमा एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक छन् ।

यी बैंकले साधारणसभा सम्पन्न गरेर तोकेको लाभांश पारित गरिसकेका छन् भने अन्य बैंकले समाधान साधारणसभा गर्न बाँकी छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि उत्तिकै छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कोरोनाले प्रत्यक्ष असर पारेको थियो । त्यो समयमा बैंकहरुको नाफामा गिरावट आएर लाभांशमा संकुचन आउने हो की त्रास थियो । तर हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले घोषणा गरेको लाभांश दर सन्तोषजन नै छ ।

अहिलेसम्म धेरै लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा एनआईसी एशिया बैंक, हिमालयन बैंक छन् । दुवै बैंकले क्रमशः २० प्रतिशत लाभांश घोषणा गरेका छन् ।

अहिलेसम्म बैंकहरुले न्यूनतम ७.५० देखि २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । सबैभन्दा बढी एनआईसी एसिया बैंक र हिमालयन बैंकको २० प्रतिशत छ ।

त्यस्तै सबैभन्दा थोरै लाभांश घोषणा गर्ने बैंकमा सेञ्चुरी कमर्शियल बैंक छ । बैंकले यो वर्षका लागि बोनस ५.२५ र नगद २.२५ सहित ७.५० प्रतिशत लाभांश दिने भएको छ ।

यसपछि नेपाल बंगलादेश बैंकको ८.४२ र सनराइज बैंकको ८.२८ प्रतिशत लाभांश छ । १० प्रतिशतभन्दा कम लाभांश दिने बैंकमा नेपाल एसबीआई बैंक पनि छ । बैंकले ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । अन्य बैंकले गरेको प्रस्ताव १० प्रतिशतभन्दा बढी छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा कोभिडको कारण बैंकलाई नगद लाभांशमा अंकुश लगाएर बोनस सेयर वितरणलाई जोड दिएको छ । कुल लाभांशमा बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म मात्रै नगद लाभांश दिन सक्छन् भने बाँकी बोनस सेयर दिनुपर्ने छ । बैंकहरुले सोही अनुसार लाभाशं घोषणा गर्नुपर्ने छ ।

कुन बैंकको लाभांश कति ?


क्लिकमान्डु