साधना लघुवित्तले २० प्रतिशत लाभांश दिने



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले २०७७ असार मसान्तसम्ममा कायम चुक्तापुँजीको १९ प्रतिशतले हुन रकम ४ करोड १३ लाख ७८ हजार २ सय रुपैयाँ र १ प्रतिशतले हुन आउने रकम २१ लाख ७७ हजार ८ सय रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आए पश्चात आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश हुनेछ ।


क्लिकमान्डु