युनाइटेड मोदी हाइड्रोले ५.२६ प्रतिशत लाभांश दिने



काठमाडौं । युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले सेयरधनीहरुलाई ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा, बुक क्लोज तथा नगद लाभांशको प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्ता पुँजीको आधारमा कर प्रयोजनसहित ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।

पुस २२ गते कम्पनी रजिष्टर्ड कार्यालय, हेरिटेज प्याजामाका हुने कम्पनीको वार्षिक साधारणसभाबाट उक्त लाभांश पारिद गरी वितरण हुने बताइएको छ । सो साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरिने उल्लेख छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि ९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।


क्लिकमान्डु