सेयर बजारमा सामान्य सुधार
काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबार नेप्से परिसूचक ८.२७ अंकले बढेर १९६४.०२ अंकमा पुगेको छ ।
दिनभर जसो उतारचढावमा रहेको नेप्से परिसूचकमा आज १०६ कम्पनीको सेयर मूल्य बढ्दा ७५ वटा कम्पनीको मूल्य घटेको छ भने २५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
उपसूचकतर्फ विकास बैंक र जलविद्युत् बाहेक बढेको छ । आजको कारोबारमा सबैभन्दा बढी कमाउनेमा लिबर्टी इनर्जी कम्पनी लिमिटेड रहेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सबैभन्दा बढी गुमाउनेमा माथिल्लो तामाकोसीका लगानीकर्ताले ९.८७ प्रतिशतले गुमाएका छन् ।
आजको २०४ कम्पनीको ४ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।