भाटभटेनी डिपार्टमेन्ट स्टोरले खाद्य अनुज्ञापत्र नभएको मासु विक्री गरेको खुलासा



काठमाडौं । भाटभटेनी सुपरमार्केटले खाद्य अनुज्ञापत्र नभएको खसीबोकाको मासु विक्री गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिकाले सोमबार गरेको अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा विक्रीमा राखिएको मासुको खाद्य अनुज्ञापत्र नभएको पाइएको हो ।

बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तोमा खसीको मासु बिक्री गर्दै भाटभटेनी

महानगरले काठमाडौंको कलंकीमा रहेको भाटभनेनी सुपरमार्केटमा अनुगमन गरेको थियो । अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै महानगरपालिकाका पशु विभाग अधिकृत डम्बरबहादुर बमले खाद्य अनुज्ञापत्र नभएको मासु विक्रीका लागि राखिएको पाइएको बताए ।

भाटभटेनीमा पनि महंगियो खसीको मासु, नयाँ मूल्य कति ?

भाटभटेनीले नेपालगंज देखि खसीबोकाको मासु ल्याई विक्री वितरण गर्दै आएको छ । अनुज्ञापत्र नलिई विक्री गरेको पाइएपछि सम्बन्धित आपूर्तिकर्तालाई फोनगरी खाद्य अनुज्ञापत्र तत्काल लिन आग्रह गरिएको पनि महानगरका पशु विभाग अधिकृत बमले बताए ।

भाटभटेनीमा खसीको सस्तो भनेर किनेको मासु गनाउने बोकाको परेपछि…

भाटभटेनी सुपरमार्केटले नेपालगंजबाट खसीबोकाको मासु ल्याई विक्री वितरण गर्दै आएको छ । भाटभटेनीले खसीको प्रतिकेजी ९ सय ९९ रुपैयाँमा र बोकाको ८ सय ९९ सय रुपैयाँमा मासु विक्री गर्दै आएको छ ।


क्लिकमान्डु