भाटभटेनीमा खसीको सस्तो भनेर किनेको मासु गनाउने बोकाको परेपछि…



काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरले एक महिना अगाडि बजार मूल्यभन्दा ४५० किलो सस्तोमा खसीको मासु बिक्री गर्ने घोषणा गर्यो ।

बजारमा १३ सय रुपैयाँसम्म बिक्री भइरहेको खसीको मासु भाटभटेनी डिपार्टमेन्ट स्टोरले ८५० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने घोषणा गरेको थियो ।

८५० रुपैयाँ प्रतिकिलोमा दिने घोषणा भने भाटभटेनीमा एक महिना मात्र टिक्न सक्यो । अहिले खसीको मासु ८९९ मा बिक्री गर्ने बताएको छ ।
तर,उपभोक्ताबाट भने भाटभटेनीले खसीको मासुभन्दै झुक्काएको गुनासो गर्न थालेका छन् । उद्यमी सनम चित्रकारले सामाजिक संजाल ट्वीटरमा भाटभटेनीको सस्तो खसीको मासु भनर बोकाको मासु बिक्री भएको जानकारी दिए ।

‘भाटभटेनीको सस्तो खसीको मासुको गन्धले तर्सियो,बोका गन्हायो,मन पर्नेलाई त ठिकै हो,म जस्तो बोकाको मासु घनघोर मन नपर्नेलाई आपत भयो,’उनले ट्वीटरमा लेखेका छन् ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरबाट खसीको मासु किनेका धेरै ग्राहकको गुनासो खसी भनेर बोकाको गनाउने मासु बिक्री भएको भन्ने छ ।
भाटभटेनी डिपार्टमेन्ट स्टोरका संचालक मिनबहादुर गुरुङ गुनासो आएको कुरा स्वीकार गर्छन् ।

बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तोमा खसीको मासु बिक्री गर्दै भाटभटेनी

‘सुरुमा बोका र खसी एउटैमा प्याकिङ हुँदा गुनासो आएको थियो,अहिले खसी र बोकाको प्याकिङ नै फरक छ,स्पष्टसँग बाहिर लेखिएको छ,’गुरुङले क्लिकमाण्डूसँग भने ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरले बजार मूल्यभन्दा अत्याधिक सस्तोमा खसीको मासु बिक्री गरेपछि खाद्य तथा गुणस्तर विभागले समेत अनुगमन गरेको थियो । अनुगमनको क्रममा खसी र बोकाको मासु भएको पुष्टी समेत भएको छ ।

भाटभटेनीमा पनि महंगियो खसीको मासु, नयाँ मूल्य कति ?

‘८० प्रतिशतले खसी र २० प्रतिशतले बोकाको मासु मन पराउने देखियो,अहिले छुट्टा छुट्टै प्याकिङमा खसी र बोकाको मासु उपलब्ध हुन्छ,’गुरुङले क्लिकमाण्डूसँग भने । उनले दशैंको बेलापनि प्रतिकिलो १ हजारभन्दा कम मूल्यमा नै खसी बिक्री गर्ने जानकारी दिए ।


क्लिकमान्डु