इरानी मुद्रा इतिहासकै कमजोर, मुद्रा स्थायी राख्न गरेका सरकारका प्रयास असफल



शनिबार इरानी मुद्रा भारी गिरावट आएको छ । यो डलरको तुलनामा इतिहास मै सबैभन्दा तल झरेको हो । जुन महिनापछि मात्रै डलरको तुलनामा इरानी मुद्रा ३० प्रतिशतले गिरावट आएको छ ।

मुद्रा बिनिमय गर्ने कम्पनीहरुले शनिबार प्रत्येक डलरको साटो २ लाख ६२ हजार इरानी रियाल साटेका थिए ।

बिहीबार एक डलरको साटो २ लाख ५६ हजार रियाल ट्रेन्डिङ भएको थियो । शुक्रबार सप्ताहन्नका कारण इरानको बजार बन्द भएको थियो । जुन महिनाको अन्तिम तिर एक डलर बराबर २ लाख इराली रियल थियो ।

परमाणु सम्झौताबाट अमेरिका हटेसँगै रियालमा आयो भारी गिरावट
इरानले सन् २०१५ मा जब दुनियाँको शक्तिशाली देशसँग परमाणु सम्झौता गरेको थियो तब प्रत्येक डलरको तुलामा ३२ हजार रियाल थियो । २ वर्षभन्दा केही अघिसम्म जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु सम्झौतामा अमेरिकालाई अलग गरी इरानमा कैयन व्यापारिक प्रतिबन्ध लगाएका थिए । प्रतिबन्धका कारण इरानको तेल निर्यातमा समेत भारी गिरावट आएको छ ।

मुद्रालाई स्थायी राख्न कैयन प्रयास गरिरहेको छ इरानी सरकार
शुक्रबार इरानका केन्द्रीय बैंकका प्रमसख अब्दुलनासिर हिम्मतीले सरकार मुद्रा बजारको स्थिती सम्हाल्नका लागि हर सम्भव प्रयास गरिरहेको बताएका थिए । इरानका अधिकारीहरु कैयन महिनादेखि इरानी अधिकारीहरुले विदेशमा भएको आफ्नो आय स्वदेशमा ल्याउन भनिरहेका छन् । त्यसो नगरेको खण्डमा उसको निर्यात लाइसेन्स रद्द गर्न सक्नेसम्मका चेतावनी दिइरहेका छन् ।

केन्द्रीय बैंकले त्यसो नगर्नेहरुको नाम सार्वजनिक गर्ने समेत चेतावनी दिइसकेको छ ।

आधा कमाइ विदेशमै छाड्छन इरानी निर्यातकर्ता
जुन महिनामा त्यहाँको केन्द्रीय बैंकले इरानी कम्पनीहरु हरेक वर्ष ४० अर्ब डलर मूल्य बराबरको गैर तेल उत्पादनहरु निर्यात गर्दछन् । अधिकारीहरुका अनुसार यो निर्यातबाट हुने सबै आयको करिब आधा हिस्सा विदेशमै रहन्छ ।


क्लिकमान्डु