जग्गाको कित्ताकाटमा लागेको प्रतिबन्ध हट्यो, अब जग्गामा प्लटिङ गर्न सकिने

क्लिकमान्डु २०७७ भदौ २२ गते १०:२७ मा प्रकाशित

काठमाडौं । सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध हटाएको छ ।

भूमि व्यवस्था तथा गरिबी निवारमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरिय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी हुन् ।

मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो ।

३ वर्ष अगाडि भूमि सुधार मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएको थियो ।
पछि स्थानीय निकायको अनुमतिमा जग्गाको कित्ताकाट खुलेपनि यो व्यवस्था झन्झटिलो रहेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउन सहितको सुझाव मन्त्रालयलाई दिएको थियो ।

अख्तियारको सुझावपछि मन्त्रालयले जग्गा कित्ताकाट खुलाउने तयारी गरेको थियो । जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाएपनि घुमाउरो बाटोबाट जग्गाको कित्ताकाट रोकिएको थिएन ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स