आइफोन बेचेर एप्पल बन्यो २ ट्रिलियन डलरको कम्पनी, यी हुन् विश्वका ५ ठूला कम्पनी
विश्वमा अधिकांश मानिसहरु एप्पलले उत्पदान गर्ने आइफोनका प्रंशसक छन् । एप्पलले उत्पादन गर्ने अन्य प्रडक्टहरु भए पनि कमाइको अधिकांश हिस्सा आइफोनले ओगट्छ ।
विभिन्न प्रडक्टहरु उत्पादन र बिक्री गर्ने भए पनि सबैभन्दा धेरै हिस्सा आइफोनको छ । प्रत्येक वर्ष सेप्टेम्बरमा आइफोनको नयाँ मोडल आउँदा गर्दा लाखौं मानिसहरु खरि गर्न बुकिङ गरेका ह्ुन्छन् ।
सबैले रुचाएको र आफ्ना सबै प्रडक्टबाट अहिलेसम्म करोडौं मानिसको मन जित्न सफल बनेको एप्पल कम्पनी यतिबेला विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।
मार्केट क्यापको मामलामा एप्पल विश्वको सबैभन्दा ठूलो कम्पनी बनेको हो । वर्तमान अवस्थामा कम्पनीको मार्केट क्याप २ ट्रिलियन डलरभन्दा माथि पुगेको छ । सन् २०१८ मा कम्पनीको मार्केट क्याप १ ट्रिलियन डलर थियो । मात्रै २ वर्षमा कम्पनीले मार्केट क्याप दोब्बर बनाउन सफल भएको हो ।
यो त भयो मार्केट क्यापको कुरा । तर के तपाईंलाई थाहा छ एप्पलको कमाइ कहाँबाट हुन्छ । धेरै जसो मानिसहरु एप्पलको कमाइ आइफोनबाट हुने विश्वास गर्छन । र, यो कुरा पनि सही नै छ । किनभने कम्पनीको कुल आम्दानीको धेरैजसो हिस्सा आइफोनको बिक्रीबाट आउँछ । गत अप्रिल जुन महिनाको त्रैमासमा कम्पनीको आम्दानीमा आइफोनको हिस्सा ४५ प्रतिशत थियो ।
एप्पललाई आइफोनबाट सबैभन्दा धेरै आम्दानी अक्टोबर र डिसेम्बरमा आउँछ । यो समयमा बजारमा नयाँ आइफोन लञ्च हुने भएकाले बिक्रीमा पनि बढोत्तरी हुन्छ । जसले आम्दानी बढाउँछ ।
गत अप्रिल–जुन महिनामा कम्पनीले ५९.६८ अर्ब डलरको आम्दानी गरेको थियो । जसमा २६.४१ अर्ब डलर आइफोन बिक्रीबाट प्राप्त भएको थियो । जबकी बाँकी ३३.२७ अर्ब डलर आम्दानी म्याक, आइप्याड, वियरेवल्स तथा सर्भिसबाट प्राप्त भएको थियो । जसमा एप्पल पे, एप्पल टिभी र एप्पल म्युजिक पनि छ ।
यी हुन विश्वका ५ ठूला कम्पनी
१) एप्पल
एप्पल विश्वको सबैभन्दा ठूलो कम्पनी बनेको छ । जसको मार्केट क्याप २ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको छ । कम्पनीले आइफोनसँग, म्याक बुक, आइप्याड, वियरेबल्स, होम एन्ड एसेसरिज तथा सेवा प्रदानबाट आम्दानी गर्छ ।
२) अमेजन
इकमर्स प्लेटफर्म अमेजन दोस्रो ठूलो कम्पनी हो । कम्पनीको मार्केट भ्यालु हाल १.६ ट्रिलियन डलर छ । कम्पनीको मुख्य आम्दानी अनलाइन स्टोरबाट हुन्छ । साथै अफलाइन स्टोर, थर्ड पार्टी सेलर सर्भिस, सब्क्रिप्सन सर्भिस, अमेजन वेव सर्भिसलगायतबाट पनि कम्पनीले आम्दानी गर्छ ।
३) माइक्रोसफ्ट
माइक्रोसफ्ट विश्वको तेस्रो ठूलो कम्पनी हो । कम्पनीको मार्केट भ्यालु हाल १.६ ट्रिलियन डलर छ । कम्पनीले प्रडक्ट र सर्भिस बिक्री गरी आम्दानी गर्छ ।
४) अल्फाबेट
विश्वको सबैभन्दा चौथो ठूलो कम्पनी हो अल्फाबेट । कम्पनीको मार्केट भ्यालु हाल १ ट्रिलियन डलर छ । गुगलको अल्फाबेट कम्पनीले धेरै जसो आम्दानी गुगलको विज्ञापनबाट प्राप्त हुन्छ । त्यसबाहेक गुगल अदर्स, गुगल क्लाउडलगायतबाट पनि कम्पनीले आम्दानी गर्छ ।
५) फेसबुक
विश्वको सबैभन्दा पाँचौ ठूलो कम्पनी हो फेसबुक । कम्पनीको मार्केट भ्यालु ७६ बिलियन डलर छ । सामाजिक सञ्जाल फेसबुकले सबैभन्दा धेरै फेसबुकबाट हुने विज्ञापनबाट आम्दानी गर्छ ।