रुसमा कोरोना भ्याक्सिन बनेपछि सुनको भाउ एकदिनमै प्रतितोला ६ हजार २ सयले घट्यो



काठमाडौं । बुधबार बजारमा सुनको भाउ भारी मात्राले घटेको छ । मंगलबार १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार छापावाला सुनको  मूल्य  प्रतितोला बुधबार एकैदिनको अन्तरमा ६ हजार २०० रुपैयाँले घटेर ९५ हजार ४०० रुपैयाँ कायम भएको छ ।

रसियामा कोभिडको भ्याक्सिन तयार भएको समाचार प्रकाशित भएसँगै सुनको भाउ घटेको हुन सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।

यसले विश्वस्तरमा कोरोनाबाट मुक्ती पाइने भन्ने नयाँ आशा पलाएको छ । त्यसैगरी चीनले पनि गत महिना कोरोनाको भ्याक्सिन तयार पारी परीक्षण गरिरहेकाले पनि सुनको भाउ घटेको हुन सक्ने उनको भनाइ छ ।

उनका अनुसार कोरोना भाइरसको भ्याक्सिन बनेको समाचार प्रकाशित भएसँगै विश्वस्तरमा सुनबाट लगानी अन्यत्रतर्फ डाइभर्ट भएकाले पनि सुनको भाउ घटेको उनको भनाइ छ ।

बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ ।

बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ७० डलर पुगेको सुनको मूल्य बुधबार प्रतिऔस १ हजार ८७५ डलरमा झरेको छ । बुधबार मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ५० डलरले घटेको हो ।


क्लिकमान्डु