मुकेश अम्बानी बने विश्वको चौथो धनी व्यक्ति, ८० अर्ब डलरको सम्पत्ति



बजार पूँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इंडस्ट्रीज र यसको अध्यक्ष मुकेश अंबानीको लागि लगातार राम्रो समाचार आएको छ ।

हालसालै, रिलायन्स इंडस्ट्रीज विश्वको दोस्रो ठूलो ब्रान्ड घोषित भएको थियो, जबकि मुकेश अंबानी अब चौथो धनी व्यक्ति बनेका छन्।

ब्लूमबर्ग बिलिनियर इन्डेक्स अनुसार मुकेश अम्बानीको सम्पत्ति ८०.६ अर्ब अमेरिकी डलर पुगेको छ ।

सम्पत्तीको हिसाबले मुकेश अंबानी अहिले फेसबुक संस्थापक मार्क जुकरबर्गको नजिक पुगेका छन् ।

फेसबुकको संस्थापक मार्क जुकरबर्ग मुकेश अंबानी भन्दा अगाडि छन्। मार्क अहिले तेस्रो धनी हुन् । माइक्रोसफ्टका सह(संस्थापक बिल गेट्स दोस्रो स्थानमा छन् भने अमेजनका सीईओ जेफ बेजोस पहिलो स्थानमा छन्।

पछिल्लो क्रममा, मुकेश अंबानीले बर्नार्ड अर्नोल्ड र परिवारलाई पछाडि पारेका छन् । बर्नार्ड अर्नोल्ड पाँचौ औं स्थानमा छ भने बर्कशायर ह्याथवेका वारेन बफेट छैठौं स्थानमा छन्।


क्लिकमान्डु